७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट्रोलियम पद्धार्थको विकल्पका रुपमा विद्युत्को प्रयोग बढाउन सरकारको ध्यान नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा पहिलादेखि सञ्चालनमा आएका उद्योग कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने र कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले सरकारको नीति तथा कार्यक्रममा रैथाने, परम्परागत पेसालाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्न विदेशबाट ल्याउने कच्चापदार्थमा कर छुट दिनुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालका परम्परागत सीप, पेसा, कला र संस्कृतिको संरक्षणका लागि सरकारको कार्यक्रम हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले राज्यको पूर्ण संरचनाले पनि खर्च बढाएको हुनाले प्रदेशको संरचना हटाएर विकास बजेटमा खर्च गर्न सुझाव दिनुभयो । माओवादीका मायाप्रसाद शर्माले नीति तथा कार्यक्रममा पर्यटन र कृषिमा सरकारले अलि बढी ध्यान दिने कुरा राम्रो भएको र शान्तिप्रक्रियाको काम छिटो पूरा गर्नुपर्ने सुझाव दिनुभयो ।

एकीकृत समाजवादीका गोमादेवी तिमिल्सिनाले हेटौँडा उद्योग, बाँसबारी छालाजुत्ता, जनकपुर चुरोट कारखाना आदि पुनः सञ्चालन गर्न सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

यस्तै सांसद खिमलाल देवकोटाले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले ध्यान दिनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुनुका साथै एउटा मात्र धावनमार्ग भएकाले ठूलो अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेकपा (एमाले)का सांसद तुलसाकुमरी दाहालले जनताको भावनाविपरीत सरकारको नीति र कार्यक्रम आएको आफूलाई महसुस भएको र वर्षाको समयमा मानव जीवन अस्तव्यत हुने विषयलाई सरकारले ध्यान नदिएको बताउनुभयो ।

एकीकृत समाजवादीका नन्दा चपार्इँले सुकुम्बासी समस्याको समाधान गर्नुपर्ने र प्रत्येक वर्ष कृषकलाई मलको अभाव हुने हुँदा नेपालमै मल कारखाना खोज्नुपर्ने सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले वर्तमान सरकार संविधानको रक्षा, चैतभरिमा कोभिडविरुद्धको खोप लगाउने र निर्वाचन सम्पन्न गर्न आएको उल्लेख गर्दे त्यो काम पूरा गर्ने चरणमा भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, विभेदरहित समाज, सामाजिक न्याय र हिंसारहित समाज निर्माण गर्ने खालको भएको धारणा राख्नुभयो ।

माओवादीका सांसद राधेश्याम पासवानले स्वास्थ्य, शिक्षा, कृषिमा बढी जोड दिएको राम्रो नीति भएको र नागरिकताबाट वञ्चितलाई नागरिकता प्रदान गर्ने खालको राज्यको कार्यक्रम भएको बताउनुभयो । माओवादीकै गोपीबहादुर सार्की (अछामी)ले सरकारको नीति तथा कार्यक्रम आत्मनिर्धारमुखी भएको तथा पूर्वाधार विकास, रोजगारी र स्वास्थ्य शिक्षालाई ध्यान दिएको बताउनुभयो ।

एमालेका अर्का सांसद इन्दु कडरियाले सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म खाजाको व्यवस्था गर्ने भनिएको तर गुणस्तरीय शिक्षालाई ध्यान दिएको नदेखिएको धारणा राख्नुभयो ।

कांग्रेसका सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रम राम्रो भएको र श्रमको सम्मान गर्ने खालको बजेट भएको तथा शिक्षा र स्वास्थ्यका विषय सर्वसुलभ उपलब्ध गराउने खालको हुनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते शुक्रबार ११ बजे बस्नेछ ।