७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

मध्यपहाडी लोकमार्गको गलकोट खण्ड क्षतविक्षत

मध्यपहाडी लोकमार्गको गलकोट खण्ड क्षतविक्षत
अ+ अ-

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको सुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो ।

राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको हटिया सडक कालोपत्रे भएको सात वर्ष बित्यो । अहिले उक्त खण्ड निकै जीर्ण बनेको हो । कमसल सामग्री प्रयोगका कारण अहिले सडकखण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा गर्न निकै समस्या भएको हो ।

वर्षामा आएको बाढी र पहिरोका कारण क्षतविक्षत भएको उक्त जीर्ण सडकखण्डमा अहिले यात्रुले सास्ती खेप्दै आएको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिनुभयो । “यात्रुले यो सडकखण्डमा निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन्, सरोकारवालाले अहिले चासो देखाएको बुझिएको छ”, उहाँले भन्नुभयो ।

घोडाबाँधे–गलकोट खण्डको २० किलोमिटर सडकको अधिकांश स्थानमा खाल्टाखुल्टी, बर्षायाममा सडकमाथिदेखि झरेको भलसहितको लेदो र पहिरोका कारण कालोपत्रे सडक जीर्ण बनेको छ । केही स्थानमा कालोपत्रे उप्किएर खाल्टा पर्दा पानी जमेको छ ।

कालोपत्रे सडक जीर्ण बनेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले मर्मतसम्भारका लागि चासो देखाएको छ । कालोपत्रे गरेको सडक सात बर्षपछि जीर्ण बनेर दुर्घटनाको जोखिम बोढेपछि सडक मर्मतका लागि आयोजना कार्यालयले ममंतसम्भारको प्रक्रिया अघि बढाएको हो ।

घोडाबाँधेदेखि गलकोट हटियासम्मको २० किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अगाडि बढेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका कार्यालय प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँले सडक मर्मतका लागि बोलपत्र आह्वान गरिसकेको बताउँदै ठेक्का प्रक्रियामा गएपछि मर्मत कार्य सुरु हुने बताउनुभयो । उहाँले २० किलोमिटर सडक मर्मतका लागि झण्डै रु २० करोड खर्च लाग्ने बताउनुभयो ।

“सडक मर्मतका लागि बोलपत्र आह्वान भएको छ, ठेक्का सम्झौतालगत्तै सडक मर्मतकार्य सुरु हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ठेक्का सम्झौता भएको दुई वर्षमा सडक मर्मत सक्ने समयसीमा हो । उक्त खण्डमा पहिरोका कारण कालोपत्रे मात्रै नभएर पूर्वाधारमा समेत क्षति भएको भण्डारीले बताउनुभयो । उहाँका अनुसार कल्र्भट, पर्खाललगायतका पूर्वाधारमा ठूलो क्षति भएपछि अहिले उक्त सडक मर्मत गर्न थालिएको हो ।

उक्त सडक आर्थिक वर्ष २०७१/७२ मा कालोपत्रे भएको थियो । कालोपत्रे सडक बिग्रदा सवारीसाधनसमेत मर्का परेको र धेरै सावरीसाधन बिग्रदै गएको सवारीचालक लोकबहादुर विकले गुनासो गर्नुभयो । उहाँले सडक कालोपत्रे बिग्रिएपछि कच्ची सडकझैं यात्रामा असहज भएको बताउनुभयो ।

अहिले मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटरबाहेक अन्य सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४२ किलोमिटर दूरीको रहेको छ । अहिले जिल्ला सदरमुकाममा कालोपत्रेको काम भइरहेको छ ।

आगामी केही महिनामा लोकमार्गको सबै सडक कालोपत्र भइसक्ने र बिगर्दै गएको अन्य खण्डसमेत क्रमशः मर्मत गर्दै जाने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनायो ।