© 2023
काठमाडौँ । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलवार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो