© 2023
काठमाडौं । काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले आज जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । हिमानी ट्रष्टको कार्यक्रममा केही दिनयता जुम्लामा रहनुभएका पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रले आज चन्दननाथ मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको हो । जुम्लाको खलंगास्थित चन्दननाथ जुम्लाकै प्रसिद्ध मन्दिर हो ।