© 2023
सुर्खेत। वीरेन्द्रनगर बसपार्कमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी एक युवकमाथि साङ्घातिक आक्रमण गरेका छन्। आक्रमणमा परी लेकबेशी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियार गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार राति ११:५५ बजेतिर दुई जनाको समूह स्कुटरमा आएर परियारमाथि आक्रमण गरी फरार भएका थिए। घटनापछि