२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा मध्यराति धारिलो हतियारले युवकमाथि आक्रमण



अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर बसपार्कमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी एक युवकमाथि साङ्घातिक आक्रमण गरेका छन्। आक्रमणमा परी लेकबेशी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियार गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार राति ११:५५ बजेतिर दुई जनाको समूह स्कुटरमा आएर परियारमाथि आक्रमण गरी फरार भएका थिए। घटनापछि गम्भीर अवस्थामा रहेका परियारलाई उपचारका लागि तत्कालै नेपालगन्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले जानकारी दिए। हाल उनी नेपालगन्जस्थित स्वास्थ्य संस्थामा उपचाररत छन्।

घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पीडितले दिएको हुलिया र घटनाको विवरणका आधारमा अनुसन्धान अघि बढाइएको छ।

डीएसपी बुढ्थापाका अनुसार आक्रमणको कारण हालसम्म स्पष्ट भइसकेको छैन। तर, घटनाको गम्भीरताका कारण प्रहरी टोलीले अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। शङ्कास्पद व्यक्तिहरूको निगरानी र सम्भावित संलग्नहरूको पहिचानमा प्रहरीले सक्रियता बढाएको छ।