© 2023
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । नेता पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन रहेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।