३१ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

मकवानपुर । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।