• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
साफ यु–१६ महिला च्याम्पियनसिपः भारतले भुटानलाई ७–० गोलले हरायो

काठमाडौँ । अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रवार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एशियाली फुटबलको कमजोर टोली भूटानमाथि गोल वर्षा गरेको हो ।