© 2023
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल, पारदर्शी र प्रभावकारी बनाइने बताउनुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग शुक्रबार भएको छलफलमा मन्त्री पोखरेलले सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य, मान्यता र संविधानअनुसार सञ्चालन हुने स्पष्ट पार्नुभयो