© 2023
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले बाढीमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई प्रभावकारी बनाउँदै क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजनाको शीघ्र पुनर्निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।