© 2023
काठमाडौं । लगातार परेको पानीसँगै सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघि कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । पानीको बहाव बढ्दै गएसँगै ५६ वटा ढोका खोलिएको उनले बताए ।