© 2023
काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट भोलि संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर भिजिट भिसा प्रकरणको विषयलार्ई लिएर संसद्मा विपक्षी दलहरुले अवरोध सिर्जना गरिरहेका छन् । गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग विपक्षी दलहरुको छ । तर
सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।