© 2023
भक्तपुर। वीर अस्पतालको १३६औँ स्थापना दिवसका अवसरमा आज सूर्यविनायक नगरपालिका–७ गुण्डुमा आयोजित बृहत् निःशुल्क स्वास्थ शिविरमा एक हजार ४६३ जनाले लाभ लिएका छन् । अस्पतालका निर्देशक प्रा डा दीलिप शर्माको नेतृत्वमा गुण्डुस्थित हिमाल एकेडेमीमा आयोजित शिविरमा विभिन्न २६ रोगका ३५ जना विशेषज्ञ चिकित्सिक एवं स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको