© 2023
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । बिहानैदेखि मौसममा बदली भई हल्का वर्षा भएको हो । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ