७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नायग्रा फल्समा नेपाल चिनाउँदै रघुनाथ

नायग्रा फल्स (अमेरिका )। ‘नायग्रा तन्दुरी हट’ । अमेरिकाको चर्चित पर्यटकीय गन्तव्य नायग्रा फल्समा अवस्थित एक होटलको यो साइनबोर्ड मात्र पढ्दा नेपाली होटल हो जस्तो पनि लाग्दैन । तर होटलको गेटनिर पुग्नासाथ नेपाली नेपाली स्वाद बाहिरबाटै थाहा हुन्छ । नेपाली खानाको फ्लेभर बाहिरै आउँछ अनि भित्र देखिन्छ नेपालीपनको सजावट ।