© 2023
काठमाडौँ। ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई संरक्षण उत्कृष्टता र दिगो दृष्टिकोणका लागि युनेस्कोद्वारा घोषित २०२५ एसिया–प्यासिफिक सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारमा ‘अवार्ड अफ मेरिट’ प्रदान गरिएको छ । यो परियोजना सन् २०१७ अगस्टमा भारत सरकारद्वारा प्राप्त भूकम्पपछिको सांस्कृतिक सम्पदा पुनःनिर्माण अनुदानअन्तर्गत ललितपुरमा कार्यान्वयन गर्न चयन गरिएका सात परियोजनामध्ये एक थियो ।