२४ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई

काठमाडौं: ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन्। शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित अन्तिम प्रतिस्पर्धामा भण्डारी पुरुष र श्रेष्ठ महिला विधातर्फ विजेता घोषित भएका हुन्। विजेताले नगद पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।