५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

काठमाडाैँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले राससलाई जानकारी दिनुभयो ।