१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्व. पत्रकार सेनको सम्झनामा अक्षयकोष

फुङ्लिङ । कृष्ण सेन ‘इच्छुक’को आज २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापना गरेको छ । कोषमा रु दुई लाख जम्मा गरिएको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सेनको स्मृति दिवसमा जिल्लामा क्रियाशील एक पत्रकारलाई पुरस्कार प्रदान गरिने सेन्टरका जिल्ला उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।