© 2023
कैलाली। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटर्वाता भएको छ। आज यहाँ प्रदेश प्रमुख निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेटर्वाता भएको हो। भेटमा समसमायिक राजनीति र प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को