१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेट



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटर्वाता भएको छ।

आज यहाँ प्रदेश प्रमुख निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेटर्वाता भएको हो।

भेटमा समसमायिक राजनीति र प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४ः०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरे।