© 2023
वीरगञ्ज। प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको