© 2023
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको सम्रग विकासमा सहयोग नगर्ने टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाउनु भयो