२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट परम्परागत शैलीको छ, मुलुकको समग्र विकासमा सहयोग गर्दैनः माओवादी सांसद बिष्ट



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको सम्रग विकासमा सहयोग नगर्ने टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाउनु भयो । बजेटमार्फत विकासको आधुनिक मोडलका साथ अगाडि नबढेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ छ । सांसद विष्टले मन्त्रालयगत विनियोजन समेत सन्तुलित नभएको टिप्पणी गर्नुभयो । उहाँले केही नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको समेत आरोप लगाउनु भयो । उहाँले अर्थमन्त्रीलाई ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाट मात्रै मन्त्री बन्न सक्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले जहिलेसम्म बजेट विनियोजनमा आधुनिकता र नयाँपन दिँदैनौँ तबसम्म परम्परागत बजेटले कहिले पनि देशको समग्रता विकास गर्न सक्दैन । राम्रो कामको निरन्तरता दिनसक्ने क्षमताको विकास कहिले गर्नसक्छ सरकारले? कसैले राम्रो कामको सुरुवात गरेको थियो भने त्यसलाई निरन्तरता दिनुपर्छ कि रोक्नुपर्छ । यो मुख्य प्रश्न हो अहिलेको । तीन करोडमुनीका योजनाहरु नराख्ने अर्थमन्त्रीज्युले भन्नुभयो । तर २० लाखका पनि योजना आएकै देखियो । आज अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, यो देशमा रहेका ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्रबाट मात्र तपाई मन्त्री बन्न सक्नुहुन्छ ? यो मैले सोधेको होइन । प्रतिनिधि सभाको बैठकमा सत्तापक्षकै साथिहरुले भन्नु भएको हो ।  ’

राजनीतिक पूर्वाग्रहीका आधारमा बजेट विनियोजन गरिएके समेत उहाँको आरोप छ ।