© 2023
रौतहट। जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको हाहाकार भएको छ । खानेपानीका लागि घरमा गाडेका चापाकल सुकेपछि विगत दुई महिनादेखि सो क्षेत्रका पाँच वटा टोलका नागरिकलाई पिउने पानीको हाहाकार भएको हो । विगत २० दिनयता चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रले सो क्षेत्रका नागरिकलाई दैनिक रूपमा पानी ओसारेर उपलब्ध गराइरहेको छ