२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चैते धान भित्र्याउन व्यस्त छन् किसान

भजनी । कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त हुनुहुन्छ । उहाँलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान काटेर वर्षेधान रोपाइँको तयारी गरिरहनुभएको छ । रासायनिक मलको खोजीमा रहनुभएका उहाँले मल पाउनुभएको भए आजसम्म खेत रोपिसकिने बताउनुभयो ।