१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यूजिल्यान्डको पहिलो जित 

काठमाडौँ । आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ