© 2023
कालीकोट। कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरुको स्वास्थ्यमा सुधार आउने जनाइएको छ । अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले