१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलागुफाले थाल्यो ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान



अ+ अ-

कालीकोट। कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ ।

सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरुको स्वास्थ्यमा सुधार आउने जनाइएको छ ।

अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वटामध्ये वडा नं ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको छ रहेको जनाइएको छ ।

‘धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ,ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा  योगदान पु¥याउने नगरपालिकाको विश्वास छ ।

यसअघि नै नगरपालिकाका–१, २, ३, ४, ५, ६, ८, ९, १० र ११ मा सुधारिएको चुलो वितरण गरी सकिएको नगरपालिकाले जनाएको छ ।  रासस