२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनमा बाढी र पहिरोको कहर, ८ जनाको मृत्यु

बेजिङ। चीनमा लगातार परेको अविरल वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । दक्षिणी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । हुनान प्रान्तमा आइतबारदेखि मङ्गलबारसम्म परेको भारी वर्षाले ४ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।