© 2023
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बोलाएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुनु हुने जनाईएको छ