© 2023
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुने भएका छन् । सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार माओवादीबाट मुख्यमन्त्री भएका राजकुमार शर्माले राजीनामा दिएसँगै एमालेका कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरिसकेका छन् ।