१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका यामलाल कँडेल बन्दै कर्णालीको मुख्यमन्त्री



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुने भएका छन् । सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार माओवादीबाट मुख्यमन्त्री भएका राजकुमार शर्माले राजीनामा दिएसँगै एमालेका कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरिसकेका छन् । अब सम्भवत: आजै एमाले प्रदेशसभा संसदीय दलका नेता कँडेल बहुमत जुटाएको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्ने छन् । प्रदेश प्रमुखले पनि कँडेललाई नै मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

कर्णालीमा बहुमतीय सरकार गठनका लागि प्रदेश प्रमुखले २७ गतेसम्मको समय दिएका छन् । गठबन्धनमा स्पष्ट बहुमत भएकाले आजै कँडेल प्रदेश प्रमुख समक्ष जाने तयारीमा छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका सभामुखसहित १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एक प्रदेशसभा सदस्य छन् ।

एमालेबाट मुख्यमन्त्री हुने कँडेल अघिल्लो कार्यकालको प्रदेशसभामा एमालेका तर्फबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए । त्यसबेला एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । तर पार्टी एउटै भए पनि उनीहरुको सम्बन्ध कहिल्यै सुमधुर भएन । कँडेलकै नेतृत्वमा दुई पटक अविश्वासको प्रस्ताव पेश भएको थियो । अहिले कँडेल त्यही माओवादीको साथ र समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् ।