२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी

गोरखा । बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ । शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिनुभयो ।