२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति



तस्बिरः वेतना दैनिक
अ+ अ-

झापा । अचानक आएको हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति पुर्याएको छ । आइतबार दिउँसो एक्कसी हावाहुरी सहित आएको असिनापानीले ठूलो क्षति गरेको हो । हावाहुरीबाट दर्जनौँ घर भत्किएका छन् । करोडौको अन्नबाली नष्ट भएको छ । फलफूल र तरकारी सखाप भएको छ ।

हावाहुरीसँगै काँडा सहितका ठूल्ठूला असिना र पानी पार्‍यो, एकैछिनमा सबै कुरा सोत्तर पार्‍यो । किसानहरुले गुनासो गरे ।

दिउँसो १ बजेतिर करिब आधा घण्टाको समयमा यति ठूलो विनास भएको हो । झापाको मध्यभाग भएर मडारिएको हावाहुरी र असिनापानीले ठूलो क्षति गरेको छ । राजमार्ग वरपर र उत्तरी क्षेत्रमा पानी परे पनि खास क्षति भएको छैन । दमक, गौरादह, शिवसताक्षी, भद्रपुर नगरपालिकाका केही भाग तथा कमल, बाह्रदशी, झापा, गौरीगन्ज, कचनकवल गाउँपालिकाका आंशिक क्षेत्रमा क्षति पुगेको छ । असिना र हावाहुरीले रुख झार्दा भुइँमा बिस्कुन लगाको छ ।

हावाहुरी, असिनापानीले मकै, गहुँ, सूर्यमुखीलगायत अन्न तथा तेलहन नष्ट परेको छ । टमाटरलगायत तरकारी, कोला, आँप, लिचीलगायत फलफूल नाश गरेको छ । हावाहुरी र असिनापानीको क्षतिको विवरण सङ्कलन गर्न थालिएको शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । हावाहुरी र असिनापानीले झापाको मध्य भागमा ठूलो क्षति भएको जनाइएको छ । तर, अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । गत असोजमा आएको हावाहुरीले धान खेतीमा पुर्‍याएको नोक्सानको क्षतिपूर्ति नपाएका किसान हावाहुरी र असिनापानीले थप मर्कामा परेका छन् । अन्नबाली मात्रै नोक्सान भएको छैन कतिपय त विस्थापित नै भएका छन् ।

उता धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनमा ५ घरमा क्षति पुगेको छ । हावाहुरीबाट ५ घर पूर्णरुपमा क्षति भएका छन् ।

धनकुटामा क्षतिको विवरण आइसकेकोले राहत र पूर्नस्थापनाका काममा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलेले जानकारी दिए । धनकुटामा हावाहुरीका कारण मानवीय क्षति भने भएको छैन ।

हावा हुरीका कारण १० लाख बराबरको क्षति भएको विवरण आएको धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए ।