७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलमा संलग्न रहेका कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाउन निर्देशन



अ+ अ-

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रियरुपमा राजनीतिक दलको कार्यकारिणी पदमा रहने शिक्षकहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाउन पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।

नवनिर्वाचित नगरप्रमुख दिपेश थारुले पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई पत्र पठाई प्रचलित शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी वभिन्न राजनीतिक दलमा संलग्न रही सक्रियरुपमा राजनीतिक दलको कार्यकारिणी पदमा रहने शिक्षकहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई त्यसको विवरण सात दिनभित्र नगरपालिका कार्यालयमा पेश गर्न निर्देशन दिएका हुन् ।

उनले पत्रमा शिक्षकहरुको यस्ता गतिविधिले विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरीत कार्य भएको उल्लेख गरेका छन् ।