३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा १८ बालबालिकासहित २१ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो दुःखद घटना घटेको छ ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा १८ वर्षीय किशोरले गोली चलाउँदा १८ विद्यार्थी र ३ शिक्षकको मृत्यु भएको छ । गोली लागेर १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी पनि घाइते भएका छन् ।

घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले दुःखद घटना भएको बताएका छन् ।

प्रहरीले आक्रमणकारीलाई मारेको दाबी गरेको छ । उनको पहिचानबारे अहिलेसम्म केही स्पष्ट भएको छैन । टेक्सासको विद्यालयमा भएको गोलीकाण्डको यो घटना सन् २०१२ को कनेक्टिकटमा भएको गोलीकाण्डसँग मिल्दोजुल्दो छ ।

२०१२ डिसेम्बर १४ मा, कनेक्टिकटको न्यूटाउनको स्यान्डी हुक इलिमेन्टरी हाई स्कूलमा एक २० वर्षीय पुरुषले गोली चलाउँदा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये २० बालबालिका थिए । यो अमेरिकी इतिहासमा सबैभन्दा घातक सामूहिक गोलीबारी मानिन्छ ।