३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाको तटीय क्षेत्रबाट १३४ आप्रवासीको उद्धार



अ+ अ-

त्रिपोली । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग (युएनएचसीआर) ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ । 

लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४२० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको  छ । 

उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको छ । यद्यपी अन्य सयौंको मृत्यु हुनुको साथै लिबियाको तटीय क्षेत्रबाट बेपत्ता भएका छन् ।