६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान दुतावासबाट ३०० नेपाली विद्यार्थीलाई छात्रबृत्ति प्रदान



अ+ अ-

काठमाडौ । नेपाल स्थित पाकिस्तान दुतावासले ३०० नेपाली विद्यार्थी लाई छात्रबृत्ति प्रदान गरेको छ । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शम्शेर राणाले पाकिस्तान दूतावासले दिने छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौँको मेरियट होटलमा आयोजना गरेको १०औँ वार्षिक राजदूत छात्रवृत्ति कार्यक्रममा राणाले ३०० नेपाली विद्यार्थीलाई एम्बेसडर अफ पाकिस्तान स्कलरशिप प्रदान गर्नुभयो।

नेपालभरका सरकारी विद्यालयका योग्य/प्रभावशाली विद्यार्थीहरूलाई रु १० हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो।

सो अवसरमा राणाले पाकिस्तानी दूतावासले दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जनता–जनताबीच सम्पर्क अभिवृद्धि गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

उहाँले यो नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनुभयो । राणाले दुई देशका युवाहरूलाई नजिक ल्याउन दूतावासको प्रयासको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने संकल्प र इच्छा व्यक्त गर्नुभयो ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान स्कलरशिप कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको र पाकिस्तान–नेपाल मित्रताको प्रतीकका रूपमा नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गएको पाकिस्तानी दूतावासले जनाएको छ।