• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

मन्त्री आले र कोलम्बियाका लागि नेपालका राजदुत श्रेष्ठबीच छलफल



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा कोलम्यिाका लागि नेपालका अवैतनिक राजदुत विनय श्रेष्ठबीच आज मन्त्रालयमा पर्यटन प्रबद्धन तथा विकासका विषयमा छलफल भएको छ । उक्त छलफलका क्रममा नेपाल तथा कोलम्बियाकाबीचमा पर्यटयन प्रबद्धन तथा विकास कसरी गर्ने भन्ने विषयमा छलफल भएको अवैतनिक राजदुत श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालबाट कोलम्बिया र कोलम्बियाबाट नेपालमा कसरी पर्यटकहरु भित्रयाउने तथा त्यसका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।”पर्यटन विकासका लागि कोलम्बियाले के गर्न सक्ने र नेपालबाट के सहयोग हुन्छ भन्ने विषयमा छलफल गरीएको अवैतनिक राजदुत श्रेष्ठले जानकारी दिनुभयो ।

सोही भेटवार्ता तथा छलफलका क्रममा सन् २०२३ सम्ममा कोलम्बिया र नेपालकाबीच उच्च स्तरीय भ्रमण टोली बनाइ दुइ देशमा रहेका पर्यटकिय क्षेत्र अवलोकन तथा भ्रमण गराउने भन्ने विषयमा छलफल भएको राजदुत श्रेष्ठले बताउनुभयो । सोही छलफलका क्रममा नेपालमा पर्यटकहरु पठाउन तथा यहाँ रहेका पर्यटकिय क्षेत्रहरुको आफ्ना देशमा प्रचार प्रसार गर्न कोलम्बिया सरकार इच्छुक रहेको समेत राजदुत श्रेष्ठले जानकारी दिनुभयो ।

सोही भेटवार्ता तथा छलफलका क्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रबद्धन तथा विकासका विषयमा आफ्ना क्षेत्रबाट गर्न सकिने सबै सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको देश हो, यहाँ हजारौँ बौद्ध धर्माबलम्बिहरु रहेका छन्, कोलम्बियामा पनि बौद्ध धर्माबलम्बिहरु रहेकाले त्यहाँका बौद्ध धर्माबलम्बिहरु नेपाल भित्रयाउन सके यहाँको पर्यटन प्रबद्धन तथा विकासका लागि निकै सहयोग मिल्छ ।”