२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । प्रहरीका अनुसार पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।

गत बुधबार सामाजिक सञ्जालमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् । आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसूर गरेको भन्दै जाहेरी दिएकी छन् ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले भिडियोमा खुलाएकी छन् ।

पीडितलाई लठ्ठाएर बन्धक बनाएर पटकपटक जबरजस्ती करणी गरेको हुनाले मानवबेचबिखन गरेको ठहर हुने प्रहरी अधिकृतहरुको भनाइ छ । म्याद थप भइसकेपछि अब घटनामा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

आरोपीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै सडक देखी संसद सम्म आवाज उठेपछि सरकारले अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् । समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ ।