१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय उत्सव मनाउन गाउँपालिकाले दियो सार्वजनिक बिदा



अ+ अ-

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।

मधेश प्रदेशमा निर्वाचनको मतपरिणाम सार्वजनिक भई निर्वाचित भएपछि विजय उत्सव मनाउन अन्य कुनै स्थानीय तहले सार्वजनिक बिदा दिएको छैन ।