१ भाद्र २०८३, सोमबार
,
Latest
बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवन अगाडिको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय बनायो (भिडियाे -फोटो )



अ+ अ-

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । 

सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताउनु भयो । उहाँले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पार्नु भयो ।

क्याप्टेन थापाले भन्नुभयो, ‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो । अरु केही पनि थिएन । डराउने नियतका साथ राखिएको हो ।’

हिजो (आईतवार) संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहत अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।