१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरीगञ्जको अध्यक्षमा फूलवती, उपाध्यक्षमा कुँवर निर्वाचित



अ+ अ-

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित राजवंशी नेपाली कांग्रेसका तर्फबाट तथा कुँवर नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट उम्मेदवार रहनुभएको थियो । झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो ।

राजवंशीले पाँच हजार ६८९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले तीन हजार ३३० मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका बाबुराजा श्रेष्ठले तीन हजार ३०७ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यस पटक राजवंशीले श्रेष्ठलाई पराजित गर्नुभयो ।

उपाध्यक्षमा निर्वाचित कुँवरले चार हजार ७५५ मत प्राप्त गर्नुभयो । उहाँले कांग्रेसका उम्मेदवार मखना महतोलाई पराजित गर्नुभयो । महतोले तीन हजार ७९५ मत प्राप्त गर्नुभएको थियो । ६ वडा रहेको यो पालिकामा वडा नं १ मा वडाअध्यक्षको मत पुनः गणना भइरहेको छ भने २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का किनालाल राजवंशी, ३ मा श्रवण गिरी, ४ मा फेकाप्रसाद गिरी, ५ मा विजयप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित हुनुभयो ।

यता वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार वद्रीनारायण यादव निर्वाचित हुनुभयो ।