• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   वर्षाले डढेलो निभाउने आशा ★   विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार ★   त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा पोखरेल ★   गोरखामा रोट महोत्सव हुने ★   वर्षाले केही घट्यो वायु प्रदूषण ★   हल्का वर्षा पछि कस्तो छ वायु प्रदूषणको अबस्था ★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै

जहाँ ओलीको भाषण, त्यहीँ हार



file

स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ।

एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्।

स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए।

एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन। तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन।

त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे। त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए।

तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हासिल गरे। नागरिक दैनिक