९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत
अ अ+ अ-

काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहनुभएकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गर्नुभयो । सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आउनुभएको थियो ।

उहाँले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो गर्नुभएको थियो । एक्लै भए पनि मुद्दा जायज भएको देखेर धराने जनताले उहाँलाई लोकप्रिय मत दिएर जिताउनुभएको छ । उहाँले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याउनुभएको थियो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा हुनुभएको थियो । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जित्नुभएको थियो । उहाँ दुवै जना एमालेबाट चुनाव जित्नुभएको थियो । वामपन्थी जीतलाई निरन्तरता दिनुभयो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जित्नुभएको थियो । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गर्नुभएको थियो ।

उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित हुनुभएको छ । बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गर्नुभएको छ । इस्वोले १७ हजार ६०६ मत प्राप्त गर्नुभएको छ । अघिल्लो २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा १४ वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ ।

कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ । १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहनुभएका मनोज भट्टराई विजयी हुनुभएको छ । गत निर्वाचनमा पनि भट्टराई विजयी हुनुभएको थियो ।