९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित

सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित
अ अ+ अ-

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले तीन हजार ९३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्कले जानकारी दिनुभयो ।

उपप्रमुखमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ ५६ मतको अन्तरले विजयी हुनुभएको छ । श्रेष्ठले तीन हजार ७१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपाकी बेचनीदेवी सरदारले तीन हजार ६५४ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी रहेका हरेराम यादव र बेचनीदेवी सरदार गत निर्वाचनबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कूल ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्र र जसपाले दुईरदुई तथा कांग्रेस र लोसपाले एकरएक वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

लोसपाबाट वडा नं १ मा लीला यादव, २ बाट माओवादीका सरोजकुमार यादव, ३ बाट नेपाली कांग्रेसका अमर मुखिया, ४ बाट नेकपा (माओवादी केन्द्र) का छेदी इशर, ५ र ६ बाट जसपाका क्रमशः गङ्गाराम यादव र बद्रीनारायण सरदार वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

योसँगै सप्तरीको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । कांग्रेस जिल्लाको सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपा, एमाले र लोसपाले तीनरतीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा ९एस०ले एकरएक स्थानीय तहमा विजयी हासिल गरेको छ ।