६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र



अ+ अ-

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र_ विजयी भएको छ ।

गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गर्नुभयो ।

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ ।