• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

यो हो संसारकै महँगो आँप !



एजेन्सी । संसारमा आँपका धेरै प्रजाति छन् । आँपलाई राजकीय फलको दर्जा पनि दिइन्छ । विश्वका विभिन्न देशका आँपको पनि आ–आफ्नै विशेषता छन् । यसैबीच यस्तो आँपको बारेमा चर्चा गरौं जसको मूल्यले तपाईलाई अचम्मित पार्नेछ । उक्त आँप जापानमा पाइन्छ ।

जापानमा पाइने विश्वको सबैभन्दा महँगो आँपको नाम तइयो नो तमांगो हो । यो जापानको मियाजाकीमा पाइन्छ । आम मानिसले यो आँप किन्ने सपना पनि देख्न सक्दैनन् ।

यो आँप सामान्यतया जापानको क्युशु प्रिफेक्चरको मियाजाकी सहरमा उत्पादन गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा यो आँपको मूल्य प्रतिकिलो रु ४.३२ लाख रहेको छ । यो आँप खाँदा मिठासका अलावा नरिवल र भुइँकटहरको पनि हल्का स्वाद हुन्छ ।

यो आँप विशेष तरिकाले तयार गरिन्छ । आँपको रुखमा फल आएपछि प्रत्येक फललाई जालीको कपडामा बाँधिन्छ । जसका कारण आँपको रंग फरक हुन्छ । बैजनी रंगको यो आँप हेर्नमा पनि निकै सुन्दर देखिन्छ ।

जापानमा तइयो नो तमांगो आँपको खेती ७० र ८० को दशकमा सुरु भएको थियो । संसारकै महँगो मानिने यो आँप लामो समयसम्म तातो मौसम, घाम र पानी परेपछि पाक्छ ।